रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणबाट श्रीलंकाले हात झिक्यो
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार
काठमाडौं– ललितपुरको रातो मछिन्द्रनाथ (बुंगःद्यः) मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको श्रीलंका सरकार पुनर्निर्माणबाट बाहिरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले श्रीलंका सरकारले ठेक्का लगाइसकेपछि सहयोग गर्न नसक्ने जानकारी गराएको बताए ।
स्थानीयले पुरानै शैलीमा मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग राखेपछि पुनर्निर्माणको काम रोकिएको थियो । श्रीलंका सरकारले हात झिकेपछि प्राधिकरणले मन्दिरको पुनर्निर्माणको काम उपभोक्ता समितिलाई जिम्मा दिएको छ ।
प्राधिकरणले ५ करोड रुपैयाँ रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको लागि बजेट छुट्याएको छ ।
०७२ सालमा भुकम्पले भत्काएको रातो मछिन्द्रनाथको मन्दिरको पुनर्निर्माण गत सालमात्रै सुरु भएको थियो ।
Categorized in राष्ट्रिय