STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनकाे निवासमा, विराेधमा नाराबाजी

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २९, बिहिबार

काठमाडौँ - नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ ।

झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।

नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ । झाँक्रीले भने यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प्रहरीको जान अस्वीकार गरेकी थिइन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

अपराध महाशाखाले बोलायो झाँक्रीलाई

महानगरीय प्रहरी अपराध महाशाखाले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

राष्ट्रपति विद्या भण्डारीबारे दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर महाशाखाले रामकुमारीसँग सोधपुछ गर्न लागेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । यसबारे लिखित उजुरी भने नपरेको उनको भनाइ छ ।

केही दिनअघि गोरखाको एक कार्यक्रममा रामकुमारीले राष्ट्रपति भण्डारीबारे आपत्तीजनक र महिला हिंसा हुने खालको अभिव्यक्ति दिएको भन्दै उनको आलोचना हुँदै आएको छ ।

नेकपा ओली समूहका अखिल नेपाल महिला (अनेम) संघले त प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेरै राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने रामकुमारीलाई पक्राउ गर्न माग गरेको थियो ।

Categorized in राजनीति