रावललाई निस्कासन गर्ने निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन
Janjati Khabar – Janjati Khabar | २०८१ पौष २२, सोमबार
काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेताहरुमाथिको कारबाहीलाई अनुमादेन गरेको छ।
गत पुस १० गते बसेको एमाले सचिवालयको बैठकले नेता भीम रावललाई पार्टीबाटै निस्कासन गर्ने र अन्य दुई नेताहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए।
‘राजनीतिक प्रतिवेदनपश्चात १० महिनाको अवधिमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरु महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘र ती निर्णयहरु अनुमोदन भइसकेको छ। केन्द्रीय कमिटीमा मोनयन भएका, केन्द्रीय कमिटीबाट विदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरुको अनुमोदन भएको छ।’
Categorized in राजनीति

