STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिका लागि भोट माग्दै देउवाले ओलीलाई पत्र पठाए

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १६, मंगलबार

काठमार्डाैँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग राष्ट्रपति निर्वाचनका लागि भोट मागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै सभापति देउवाले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उमेदवार रामचन्द्र पौडेलका पक्षमा भोट मागेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उमेदवार रहेको भन्दै देउवाले ओलीसँग भोट मागेका छन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोटमा पुगेर ओलीलाई बुझाएका थिए ।

यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

Categorized in राजनीति