STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिले दिइन् ७०२ जना कैदीलाई कैद मिनाहा र माफी

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २, आइतबार

काठमाडौं - असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीलाई कैद मिनाहा र माफी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् ।

कैद माफीमा पाउनेहरुलाई असल चालचलनको आधारमा बाँकी कैद माफी दिइएको छ । यसरी कैदी जीवन बाँकी रहे पनि कैद माफी पाउनेहरु कुल ६६१ जना रहेका छन् । उनीहरुलाई भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा राष्ट्रपतिले गरेकी छन् । यी सबै भोलि असोज ३ गते छुट्नेछन् ।

Categorized in राष्ट्रिय