STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिले दिएको समयअगावै सरकारको नेतृत्व टुङ्गो लाग्छ : महरा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ९, शनिबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहादुर महराले सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअगावै सत्ता गठबन्धनमा आगामी सरकारको नेतृत्वका विषयमा टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले भने, “सरकार गठनका लागि सत्ता गठबन्धन बाहेक नेकपा एमालेसँग समेत छलफल भईरहेको छ , तर अहिलेसम्म गठबन्धनको सरकार बन्ने देखिन्छ ।” 

उनले राष्ट्रपतिले दिएको समयसीमा आईतबारसम्म सरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने बिश्वास ब्यक्त गर्दै अहिलेसम्म नेतृत्वको विषयमा कुनैपनि सहमति नभएको बताए । नेपालको राजनीतिमा धेरै कुरा सम्भव हुने भन्दै उनले एमालेसँग सरकार गठनका लागि सहमति हुन सक्ने सम्भावना पनि रहेको बताए ।एमालेले माओवादीलाइ पहिले गठबन्धन तोडेर आउन प्रस्ताव गरेको  छ । 

Categorized in राजनीति