STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २९, मंगलबार

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन्। 

पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले जेठ ३० मा स्विट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

जेनेभाबाट राष्ट्रपति पौडेल असार १ मा बर्लिन जानेछन्। जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणामा उनी बर्लिन जान लागेका हुन्। जर्मनीका राष्ट्रपतिसँग पौडेलले असार ३ मा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेल असार ५ मा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

Categorized in राष्ट्रिय