STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भण्डारीद्वारा नेता भरतमोहन अधिकारीको स्वास्थ्यबारे जानकारी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १८, शनिबार

राष्ट्रपति भण्डारीद्वारा नेता भरतमोहन अधिकारीको स्वास्थ्यबारे जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारी  अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । नेता अधिकारीको सघन उपचार कक्षमा मा राखेर उपचार भइरहेको छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ । उहाँको उपचारमा डा राजु पँगेनी, डा मनबहादुर केसी, डा अर्जुन कार्कीलगायत संलग्न हुनुहुन्छ ।
Categorized in राष्ट्रिय