राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ८, शुक्रबार
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार बिहान ११ बजेतिर शीतल निवास पुगेका थिए।
राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलेको छैन।
तर, एमालेको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच पार्टी राजनीतिको पछिल्लो विकासक्रमबारे छलफल भएको हुनसक्ने जनाइएको छ ।
ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटक–पटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।
Categorized in राजनीति

