राष्ट्रपति भवन र पूर्व राष्ट्रपति भण्डारीको घरमा आगो लगाइयो
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार
काठमाडौं - जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।
सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ।
प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए
यसैगरी जेनजी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्।
प्रदर्शनकारीले मंगलबार पूर्वराष्ट्रपति भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्।
प्रदर्शनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरिरहेका छन्।
Categorized in राष्ट्रिय

