STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भेटेपछि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग परामर्श गर्दै

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गरिरहनुभएको छ । उहाँले मन्त्री र राज्यमन्त्रीहरुसँग समसामयिक विषयमा परामर्श गरिरहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । हिजो साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा विभिन्न विषयमा विवाद देखिँदै आएको छ । यसका कारण स्थायी कमिटी बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ । विवादित विषयमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न चरणमा छलफल गरिरहनुभएको छ । यसअघि शुक्रबार विवाद मिलाउन अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड¬बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको थियो । आज भने दुई अध्यक्ष बीचमा छलफल हुन सकेको छैन । अध्यक्ष दाहाल पनि विवाद अन्त्य र एकताका लागि विभिन्न नेताहरुसँग परामर्शमै हुनुहुन्छ ।
Categorized in राजनीति