STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रम सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ । कार्यक्रममा बर्दियाका २९६ सामुदायिक विद्यालय र मदरसामा अध्ययरत १ देखि ३ कक्षासम्मका करीब २३ हजार बालबालिका रहेका छन् । यसैगरी शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, सदस्य तथा अभिभावकलाई पनि कार्यक्रमभित्र समेटिएको क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकीले बताउनुभयो । कार्यक्रम अन्तर्गत १ देखि ३ कक्षासम्मका बालबालिकाको पठन सीपको महत्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने बताइएको छ । सोही कार्यक्रम अन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई÷दुई लाख अनुदान सहयोग समेत उपलब्ध गराइएको छ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरिएको छ भने समुदाय परिचालन अधिकृतलाई तोकिएको विद्यालयमा खटाइएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत अभिभावकलाई दौतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियानलगायतका गतिविधि सञ्चालन भइरहेको कार्यक्रम प्रबन्धक शान्तराम चौधरीले बताउनुभयो ।
Categorized in राष्ट्रिय