STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुपामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २७, बुधबार

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ । पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ गाउँपालिकाको प्रवेशद्वार खोलाको छेउ, रुपाकोट रिसोर्ट प्रवेशद्वारमा आकर्षक एवं भव्य स्वागतद्वार निर्माण गरिएको छ । स्वागतकै लागि गुरुङ जातिको झाँकी, दलित समुदायका तर्फबाट पञ्चेबाजा, नेवार समुदायका तर्फबाट लाखे र मारुनी नृत्य प्रदर्शनको तयारी गरिएको छ । रुपाकोटामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीले स्वागत गर्नुहुने उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय