STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुसले तीनतर्फबाट आक्रमण गर्‌याे : युक्रेन

Janjati Khabar – एजेन्सी | २०७८ फाल्गुण १२, बिहिबार

रुसले युक्रेनमा तीनतर्फबाट आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । देशको पूर्व, उत्तर र दक्षिणबाट रुसीले सेनाले आक्रमण गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहाकारले बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।

एपीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमेयर जिलेनेस्कीका सल्लाहाकार मिखाइलो पोडोलिकले रुसी सेनाले ‘तीनफर्तबाट हार्ड अट्याक’ गरेको बताएका छन् । उनले युक्रेनी सेनाले त्यसको प्रतिवाद गरिरहेको समेत बताएका छन् ।

उनका अनुसार रुसी सेनाले एयर बेस र सैन्या ठेगनालाई केन्द्रित गरेर आक्रमण गरिरहेको छ । केही मानिसको मृत्यु भए पनि उनले सो विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको एपीले जनाएको छ । 

Categorized in अन्तर्राष्ट्रिय