STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २, बिहिबार

नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिनुभयो । “चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ”, उहाँले भन्नुभयो । ती फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना