STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेकर्ड तोड्दै काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियससम्म पुग्यो

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २६, बुधबार

काठमाडौं - देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ। मंगलबार यस वर्षयताकै कम (५.५ डिग्री सेल्सियस) भएको काठमाडौँको न्यूनतम तापक्रमले आज (बुधबार) त्यो रेकर्ड तोडेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको हो।  

त्यसो त अहिले बिहान ८:४५  बजे देशभरको आधिकारिक न्यूनतम तापक्रम सार्वजनिक हुनेछ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना पनि हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ।

हिउँदयाम हुन्जेल तापक्रम थप घट्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँद लागेको हो। यो याम तीन महिनासम्म रहन्छ। मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

Categorized in स्वास्थ्य-मौसम