STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

र्‍यापर आश्मान र विन्दु परियार ले तयार गरिन् ‘च्वाप्प मोइ’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर २९, सोमबार

गायिका विन्दु परियार तथा गायक एवं र्‍यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ हालै सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको जुगल्बन्दीको प्रशंसा गरेका छन्  ।

उनले गीतमा पहिलोपटक मोडलिङ गरेको बताउदै नयाँ अनुभव सङ्गालेको बताइन । उक्त कार्यक्रममा उपस्थितले विन्दुको स्वरको प्रशंसा गर्दै आश्मानसँगको सहकार्य राम्रो देखिएको प्रतिक्रिया दिए । गीतकार राजेन्द्र थापाले विन्दुको स्वर अन्य भन्दा पृथक रहेको बताउदै नयाँ सहकार्यको प्रशंसा गरे ।

उनले गीतको भिडिओको समेत तारिफ गरे । र्‍यापर हाकिमले सङगीतकै भिन्न दुई विधामा चम्किरहेका ताराहरूको सहकार्यले नयाँपन दिने विश्वास व्यक्त गरे । 

गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्‍यापर आश्मानले निर्देशन गरेका हुन् ।

Song Link :- https://youtu.be/wBozmBx93Yo?t=104

Categorized in साहित्य-कला