STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउनको निर्णय अब आइतबारको बैठकबाट

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार

काठमाडौं– कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनलाई निरन्तरता दिने–नदिने सम्बन्धमा निर्णय गर्न शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकले निर्णय लिनको लागि आइतबार मन्त्रिपरिषद्को बैठक डाकेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किएका छन् ।
Categorized in राष्ट्रिय