लकडाउनको पूर्ण पालना गर्न मेयर शाक्यको अनुरोध
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार
काठमाडौं– सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न काठमाडौं महानगरपालिकाया मेयर विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरबासीमा अनुरोध गरेका छन् ।
शुक्रबार (चैत १४ गते) काठमाडौंस्थित राष्ट्रिय सभागृहको कार्यालयमा जनजाति खबरसँग कुरा गर्दै मेयर शाक्यले लकडाउन पालना गर्नुभनेको सम्पूर्ण काठमाडौंबासीकै भलाइको लागि भएको बताएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास नेपालमा समेत रहेकोले नेपाल सरकारले संक्रमणबाट बच्न लकडाउन घोषणा गरेको जनाउँदै मेयर शाक्यले भने, “लकडाउनको पालना गर्नु भनेको सरकार र सुरक्षाकर्मीको लागि मात्र नभई सम्पूर्ण नेपाली तथा काठमाडौंबासीकै भलाइको निम्ति हो ।”
मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समय सम्पूर्ण काठमाडौंबासीलाई बाहिर ननिस्की आफ्नै घरमा रहन अनुरोधसमेत गरेका छन् । भीडभाडबाट कोरोना भाइरस संक्रमणको सम्भावना बढी पाइएकोले भीडभाड नहोस् भन्ने उद्देश्यले सरकारले लकडाउनको घोषणा गरेको पनि मेयर शाक्यले बताएका छन् ।
विदेशबाट आएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकाले विदेशबाट फर्किएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी त्यसको रिपोर्ट सार्वजनिक गर्न पनि मेयर शाक्यले अनुरोध गरेका छन् ।
Categorized in राष्ट्रिय