लकडाउन वैशाख १५ गतेसम्म लम्बियो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार
काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन वैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ ।
वैशाख २ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
आजको मितिसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगिसकेको अवस्थामा लकडाउन बढाइएको हो ।
लकडाउनलाई पूर्णरुपमा पालना गर्न र पालना गराउन कडा कदम चालिने पनि बुझिएको छ ।
Categorized in राष्ट्रिय