STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितानिवास प्रकरणका मुख्य अभियुक्तलाई थुना पठाउने आदेश

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २९, बिहिबार

बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।


उनीमाथि ललिता निवासको २९९ रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बुधबार साँझ अभियुक्त ढकालले न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूकाे संयुक्त इजलासमा बयान दिएका थिए । ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी गरिएको छ ।

जग्गा प्रकरणमै अभियुक्त बनाइएकी ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतले धरौटीमा रिहा गसिकेको छ । अख्तियारले उनीमाथि ९१ लाख बिगो मागदाबी थियो ।

Categorized in राजनीति