STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २४, आइतबार

काठमाडौं - प्रहरीले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले राउतलाई पक्राउ गरेको हो ।

२०७८ पुस २१ गते सचिव नियुक्त भएका राउतलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो। उनी विमानस्थलबाट विराटनगर जाँदै थिए । पक्राउपश्चात् प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत रहँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिन निर्णयको टिप्पणी उठाएको आरोप छ ।

Categorized in अपराध-दुर्घटना