STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललिपुर जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

ललितपुर जावलाखेलस्थित तरकारी बजारमा आज डोजर चलाइएको छ । स्टाफ कजेज नजिकै रहेको सडक किनारमा बनाइएको ५२ टहरा भत्काइएको छ । त्याहाँका पसलेहरुलाई तीन दिनको समयभित्र पसल खाली गर्न भनिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजानिक जग्गा ओगेटेर अव्यवस्थित तरिकाले बनाइ खोलिएको ले हटाइएको हो भनि जानकारी दिए । हामीले छ सात वर्ष अगाडिनै हटाउने प्रयास गरेका हौ । पसलेहरुलाई पसल छोड्न चेतावनी पनि दिएका थियौं र पछिल्लो समय तीन दिनको समय दिएर भत्कायौं प्रजिअ जोशीले भने । ती पसलहरु करिब २० वर्ष अगाडि देखिनै सञ्चालित थिए र प्रत्येक पसलको भाडा जावलाखेल युथ क्लबले उठाउदै आइरहेको थियो । जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नहुदा , जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने भएकोले र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो । त्यसविरुद्ध अख्तियारमा उजुरी पनि हालेको थियो । तर, पसलवालाले उच्च अदालत पाटनमा उजुरीसमेत दिएका थिए । अदालतले रिट खारेज गरेपछि प्रशासनलाई पसल भत्काउन थप सहज भएको थियो ।
Categorized in राष्ट्रिय