STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार

बाँके जिल्लामा लागुऔषघको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागुऔषधमुक्त र दुव्यर्सनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न सङ्घ संस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । यति हुँदा पनि यस जिल्लामा लागुऔषध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी नै बताउँछन् । “बाँके जिल्लामा लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीको भनाइ छ । गत आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेले झण्डै ३०० लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओली बताउनुहुन्छ । नेपालगञ्जस्थित सहारा हाउसले गत आवको अहिलेसम्म १५० को पुनःस्थापना गरिसकेको हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार, सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।
Categorized in अपराध-दुर्घटना