STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १३, सोमबार

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिका लागि विपद्् व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले लागुऔषध कारोवार तथा प्रयोगमा पूर्ण निषेध गरिने बताउनुभएको हो । मदिराको खुला कारोवारले घरेलु हिंसाजन्य अपराध बढाएको भन्दै मन्त्री भण्डारीले विक्रेता र सेवनकर्ताको लागि निश्चित मापदण्ड बनाउने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो । “प्रदेश सरकारले प्रदेश प्रहरी गठन भइसकेपछि यसलाई अभियानकै रुपमा स्थानीय तहसम्म लैजाने सोच बनाएको छ”, उहाँले भन्नुभयो, “लागुऔषध कारोवार नियन्त्रण तथा प्रयोगकर्तालाई सुधार गर्न नसके युवामा सामाजिक विकृति निम्तिनसक्छ, त्यसैले स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अभियान सञ्चालन गर्नुपर्छ ।” कार्यक्रममा कर्णालीमा विपद्को जोखिम तथा विपद् न्यूनीकरणका लागि प्रदेशले निर्माणको निर्देशिकाबारे छलफल गरिएको थियो ।
Categorized in राष्ट्रिय