STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'लाेडसेडिङकाे अन्त्य ओलीले गरेका'

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १६, बिहिबार

प्युठान – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्बाेधनका क्रममा उनले यस्ताे बताएका हुन् ।

२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको उनकाे भनाइ थियाे ।

‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्‍यो भनेर गलत प्रचार गरिएको उनको भनाइको आशय देखिन्छ । मुख्यमन्त्री पोखरेलले भने, ‘लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।’

फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था छैन : विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको बताएको छ। केही दिनदेखि बत्ती गएको गयै गर्न थालेकाे भनेर समाचारहरु प्रकाशित भएपछि प्राधिकरणले यस्तो स्पष्टीकरण दिएको हो।

‘विगत ३ वर्ष अघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नियमित मर्मत संभारका क्रममा केही स्थानमा विद्युत आफूर्ति कटौती गरिएको भने प्राधिकरणले स्वीकार गरेको छ। तर यसरी कटौती गर्दा लामो समय नगरिएको भनाइ प्राधिकरणको छ।

प्राधिकरणको विज्ञप्तिमा भनिएकाे छ ,’विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने जस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै संचालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको छ ।’

Categorized in राष्ट्रिय