STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिभएको नेपालको नक्सा सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार

काठमाडौं – गत सोमबार मन्त्रिपरिषद्ले पारित गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ । यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो । नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो ।
Categorized in राष्ट्रिय