STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुटेर ल्याएको पैसा एमालेसँग छैन : ओली

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २६, शनिबार

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले गरिबहरूको पार्टी भएको बताएका छन्।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अरू पार्टीले जस्तो भ्रष्टाचार गरेर र लुटेर ल्याएको पैसा एमालेसँग नभएको बताए ।

उनले भने, ‘एमाले पार्टीले कार्यकर्तालाई माया गर्छ । तर, पैसा हामीसँग छैन । त्यो कुरा थाहा पाउनुपर्छ । अरुसँग पैसा होला कार्यकर्तालाई बाँड्ला । हामी देश बनाउँछौँ । त्यसकारण पैसा छैन । हामीले कहाँ लुटेका छौँ र ? कहाँ कमिसन खाएका छौँ र ? कहाँ भ्रष्टाचार गरेका छौँ र ? त्यसकारण हामीसँग कम छ ।’

Categorized in राजनीति