लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.हृदय रत्न बज्राचार्य
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १०, शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.हृदय रत्न बज्राचार्यले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ । वहाँलाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा उपकुलपति प्रा। डा। हृदय रत्न बज्राचार्यले बौद्धका मार्गलाई अघि बढाउँदै विश्वविद्यालयलाई विश्वस्तरमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताउनुभयो । साथै, विश्वविद्यालयको गरिमालाई कायम गर्न आफु सकृय भएर लाग्नृ प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै विश्वविद्यालयका समारोहका सभापति तथा निमित्त उपकुलपति एवं रजिष्ट्रार तिलक राम आचार्यले विश्वविद्यालयलाई व्यापक बनाउन सहमति, सहकार्य र प्राज्ञिक उन्नयन गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो । विश्वविद्यालयद्वारा आयोजित स्वागत समारोहमा प्रा।डा। गीतु गिरी, परीक्षा नियन्त्रक सिद्धिश्वर मान श्रेष्ठ, केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने, प्रशासन प्रमुख गजेन्द्र गुप्ता लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो
Categorized in राष्ट्रिय


