STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौं - लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुवर्ण लाल बज्राचार्य नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बज्राचार्यलाई उपकुलपति नियुक्त गरेका हुन्।

गत माघ २७ गतेदेखि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो। उपकुलपति नियुक्तिका लागि सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा गठित समितिले वज्राचार्यसहित विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य र प्राडा काशीनाथ न्यौपानेको नाम सिफारिस गरेको थियो।

नाम सिफारिस भएको लामो समयपछि प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन्। कुलपतिको पदावधि चार वर्षको हुन्छ। 

Categorized in राष्ट्रिय