STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लैगिक हिंसा बिरुद्धको अभियान निरन्तरतामा प्रतिबद्ध युवा

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर २९, बुधबार

यस वर्षको लैगिक हिंसा बिरुद्धको बिश्वब्यापी १६ दिने अभियान  शुक्रवार टुंङ्गिदैं गर्दा ललितपुरका युवाहरुले यस्को निरन्तरताकालागि युवा साझेदारी अभियानको घोषणा गरेका छन ।

महानगरिय प्रहरी प्रभाग मंगलबजारको सहकार्यमा राष्ट्रिय युवा महासंघ ललितपुरले शुक्रबार पाटन संग्रहालयको प्रांगणमा “लैंगिक हिंसा बिरुद्ध युवा साझेदारी घोषणा” कार्यक्रमको आयोजना गरेका हुन ।

जिल्लाका महिला समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला प्रशासकिय अधिकृत घनश्याम उपाध्यायले नेपाली समाजमा ब्याप्त महिला बिभेदको पुरातन चिन्तन यसखालको अभियान निरन्तरताले मात्र  तोड्न सकिने बताउँदै आयोजक युवा संस्थाको गतिशीलताको प्रशंसा अनि बधाई दिनुभयो भने प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरिक्षक रामकृष्ण श्रेष्ठले  पनि सहकार्यको प्रतिबद्धता जनाए ।

कार्यक्रममा समाजसेवी एवं संघका सल्लाहकारसमेत रहनु भएका मोतिशान्ती शाक्यले लैंगिक हिंसाका शिकार महिला बढी भएपनि अल्पसंख्यक समलैंगिक लगायत पुरुष पनि पिडित रहने तथ्य सम्झेर सबैको सहभागितामा समुदाय भित्र सचेतना कार्यक्रमको आवश्यकतामा जोड दिनुभयो । 

समाजमा ब्याप्त महिला हिंसा अशिक्षित र गरीव वर्गमा चेतनाको कमीले मात्र नभै शिक्षित र धनी वर्गमा पनि रहेकाले लुकेर रहेका यस्ता सामाजिक समस्यालाई कानूनी उपचारसँगै महिला सबलिकरणले सम्बोधन गर्नुपर्नेमा ललितपुर महानगरपालिकाका महिला बिकास महाशाखाका अधिकृत महेश्वरी बिष्ट्ले जोड दिएका थिए ।

त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, लैंगिक हिंसा निवारण शाखाका महिला बिकास अधिकृत सावित्रा शाहले ललितपुर जिल्लामै देखिएका महिला हिंसाका उदाहरणहरु प्रस्तुत गर्दै राष्ट्रिय योजना र कार्यक्रमको चर्चा गर्नुभयो । १६ दिने अभियानको वर्षैभरी सचेतना कार्यक्रमको आवश्यकता र यसतर्फ घोषणा गरिएको युवा साझेदारी कार्यक्रमको प्रगती मन्त्रालयसम्म ल्याउन अनुरोध सहित महिला हिंसा बिरुद्ध निरन्तर प्रतिवद्धताको स्मरण गराउन सेतो रिबन समेत बितरण गरेका  थिए ।

युवा साझेदारी घोषणाको उद्देश्यमाथी बोल्दै कार्यक्रम सभापति एवं अध्यक्ष राजन महर्जनले भने, “२०७३ मा स्थापनासँगै अग्रजहरुले स्थापित गरेको स्थानिय सरोकार, युवा अधिकार र सेवा बिस्तार नारा अनूरूप विभिन्न कार्यक्रममध्ये प्रहरी मेरो साथी अभियान अन्तर्गत लागू औषध दुर्व्यसन बिरुद्ध सडक नाटक सफल रहेको इतिहास छ । यसैमा महिला हिंसा बिरूद्ध अभियान निरन्तर रहनुपर्छ भन्ने बोध गरेर सवै टोल समुदायको साथ रहने बिश्वासका साथ प्रहरी प्रभाग मंगलबजारसँग अभियानको साझेदारी घोषणा गरेका हौं ।”

विभिन्न महिला संघस्ंस्थाहरुको प्रतिनिधित्व गर्दै मणिमण्डप मिसा: पुच:का अध्यक्ष एवं ललितपुर महिला उद्यमी समूहका उपाध्यक्ष हसिना शाक्यले यस अभियानमा सहकार्यको प्रतिबद्धता जाहेर गरेका थिए । ललितपुर उद्योग बाणिज्य संघका महासचिव रूपक महर्जनले हाम्रो समाजमा “महिलाको शत्रु महिला नै” भन्ने कथनलाई गलत साबित गर्नेगरी महिलाहरु उद्योग ब्यवसायमा संलग्नता वृद्धि गर्न संघ सधै तत्पर रहेको बताउनुभयो । यसकालागि आवश्यक हरेक सचेतना कार्यक्रममा संघको साथ रहने प्रतिबद्धता दोहोर्याउनुभयो ।

संस्थाका उपाध्यक्ष प्रणिता शाक्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा सल्लाहकार एवं वरिष्ठ संचारकर्मी सुनील महर्जनज्युले स्वागत मन्तब्य राख्नुभएको थियो भने ललितपुर महानगरपालिका वडा १९का अध्यक्ष बिनोद ताम्रकारज्युले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय तथा महानगरिय प्रहरी परिसर ललितपुरका नवनियुक्त प्रहरी वरिष्ठ नायव उपरीक्षक यज्ञ बिनोद पोखरेललाई संस्थाका तर्फबाट सल्लाहकारहरु समाजसेवी अजरमान जोशी र मोतिशान्ती शाक्यले फूलमालासहित स्वागत गरिएको थियो ।

Categorized in उपत्यका