STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ ः वरिष्ठ नेता पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाउनुभएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।” आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उहाँको भनाइ थियो । सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गर्नुभयो ।“हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो”, उहाँले भन्नुभयो, “अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।” नेता पौडेलले बिहीबार बिहानै हत्या गरिएकी बालिका पन्तको घर पुगेर उहाँकी आमा दुर्गादेवीसँग भेट गर्नुभएको थियो ।
Categorized in राजनीति