STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २३, बिहिबार

कास्कीको माछापुच्छ«े गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी९नायब सुब्बा० तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी खरिदार को पाठ्यक्रममा आधारित कक्षा सञ्चाल गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो । महिलातर्फ ११ तथा दलित पुरुष दुई र दलित महिला १४ गरी २७ सहभागी रहेका छन् । गाउँपालिकाबाट पहिलोपटक लोकसेवा तयारीमा सहयोग गरिएको बताइन्छ । “लक्षित वर्गका लागि विनियोजित बजेट विभिन्न तालीम, गोष्ठीका लागि खर्च गर्नुभन्दा प्रत्यक्ष उनीहरुका लागि फाइदा पुग्ने क्षेत्रमा लगाउने उद्देश्यले कार्यक्रम गरेका हौँ । यसबाट निजामती सेवामा प्रवेशका लागि उनीहरुलाई सहज हुनुका साथै मानव संशाधन विकासमा समेत सघाउने छ ।” उहाँले भन्नुभयो । सहभागीको ८० प्रतिशत गाउँपालिको ब्येर्होने छ । बुधबार गाउँपालिकामा भएको तयारी कक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले स्थायित्व र वृत्ति विकासको सबैभन्दा राम्रो अवसर निजामती सेवामा रहेकाले देशका लागि सक्षम जनशक्ति उत्पादन गर्दै पछाडि परेको दलित र महिलाको सहभागिता वृद्धि गर्न कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय