वडाध्यक्षमाथि गोली प्रहार
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार
काठमाडौं – कपिलवस्तु ८ वडाका वडाध्यक्षमाथि गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
यशोधरा गाँउपालिका ८ वडाका अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि दुईजना अज्ञात व्यक्तिले शुक्रबार राति गोली हानेको जनाइएको छ ।
आफ्नै घरमा सुतेका वडा अध्यक्षमाथि चार राउण्ड गोली हाने पनि उनलाई गोली नलागेको प्रहरीले जनाएको छ ।
प्रहरीले एक व्यक्तिलाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान अगाडि अघि बढाएको जनाइएको छ ।
Categorized in राष्ट्रिय


