STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार

वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो मारेका छन् । आइतबार काठमाडौंको तारकेश्वर नगरपालीका नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय मेधावी विधार्थी समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ व्यक्तिसँग अँगालो मारेका छन् । विद्यालयमा आयोजित एक कार्यक्रमकावीच नेपाल सरकारका पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुखआतिथ्यता एवमे तारकेश्वर नगरपालीकाका प्रमुखको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमकावीच तिमिल्सिनाले वल्र्ड रेकर्डका लागि एक मिनेटमा एकसय १३ जनासँग अँगालो मारेका हुन् । यसअघि अमेरिकाका जसोन राइटरले वल्र्ड रेकर्ड कायम गर्दै आएका थियो । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अँगालो हालेर आफ्नो रेकर्ड कायम गर्दै आएको थियो । तर तिमिल्सिनाको प्रस्तुत सफलतासंगै यो रकेर्ड नेपालका समिटको नाममा आउँने भएको छ । कार्यक्रममा समिटको सफलताको लागि विधालय परिवार, उनका अभिभावक एवम् विशिष्ट अतिथीहरुले शुभकामना दिदै मुलुक र आफ्नो विधालयको प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान गरकोमा खुसी अभिव्यक्त गरेका छन ।
Categorized in रोचक