वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १५, सोमबार
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्य,कला, संस्कृतिको क्षेत्रमा जीवन पर्यन्त गर्नु भएको अतुलनीय योगदानको कदर स्वरुप मरणोपरान्त ‘नइ कीर्ति रत्न’ विभुषणबाट विभूषित गरिने भएको छ।
नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्याएकाे भन्दै नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई को अध्यक्षतामा बसेको बैठकले जाेशीलाई विभुषणबाट विभुषित गर्ने निर्णय गरेको कुरा प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बताए।
शताब्दि पुरुष सत्यमोहन जोशीको गएको असोज ३० गते एक सय तीन वर्षको उमेरमा देहावसान भएको थियो।
Categorized in राष्ट्रिय

