विदेशबाट फर्किएकालाई राख्न ललितपुर महानगरपालिकाले होल्डिङ सेन्टर खोल्ने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार
काठमाडाैं - ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औंल्याउँदै सरकारले असार दोस्रो सातापछि अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ । विदेशबाट आउनेहरू सीधै उक्त सेन्टरमा तोकिएको अवधि बसेर आवश्यक परीक्षणहरू सकेपछि मात्रै घर जान पाउनेछन् ।
होल्डिङ सेन्टर सामुदायिक भवन, पार्टी प्यालेस, विद्यालयलगायत ठाउँमा सञ्चालन गरिने जनाइएकाे छ ।
Categorized in उपत्यका