STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

कास्कीको मादी गाउँपालिकाले उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी विभिन्न माध्यमबाट गाउँपालिकाको विकास तथा इज्जत राख्न सफल भई देशकै प्रतिष्ठा राख्ने सङ्घसंस्था तथा व्यक्तिलाई पनि नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाले शनिबार पाँचाँै गाउँसभाबाट पारित बजेट सार्वजनिकीकरण तथा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘मादी उच्च शिक्षा’ छात्रवृत्तिअन्तर्गत गाउँपालिकाका सामुदायिक विद्यालयबाट एसइई परीक्षा उत्तीर्ण गरेर हाल विभिन्न कलेजमा इञ्जिनीयरिङ विषय अध्ययन गरिरहेका छ विद्यार्थीलाई जनही रु दुई लाखका दरले छात्रवृत्ति प्रदान गरेको हो । मादी–१० का सचिन अधिकारी, सुमन पौडेल, अमृत गुरुङ, हिमाल गौतम, सञ्जय सुवेदी र मादी–४ का मनिषा सापकोटालाई नगद, सम्मानपत्र तथा दोसल्लाबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा सदस्यद्धय मनबहादुर गुरुङ, गायत्री गुरुङ तथा जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले सम्मान गर्नुभयो । त्यसैगरी गाउँपालिकामा जन्म भई राष्ट्रका लागि योगदान पु¥याउने संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङ र सन् २०१८ को एशियन गेममा प्याराग्लाइडिङमा रजत पदक विजेता युकेश गुरुङलाई ‘मादी जन्मभूमि पुरस्कार’ जनही रु ५० हजार, सम्मानपत्र तथा दोसल्लाबाट पुरस्कृत गरियो । त्यसैगरी आधारभूत तहको अन्तिम परीक्षा कक्षा ८ र एसइई २०७५ मा औसत सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यालयलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको छ । धनुबास कालिका माध्यमिक विद्यालय मादी–७ लाई रु दुई लाख तथा जनमन्दिर आधारभूत विद्यालय मादी–१० लाई रु ५० हजारसहित सम्मान गरिएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकाले कृषि तथा पशुपालक कृषकलाई पनि पुरस्कृत गरेको छ । मादी–६ का कृषक योगराज बराल, मादी–५ का लिलबहादुर गुरुङ तथा मादी–१ का भेँडीगोठ व्यवसायी लिलबहादुर गुरुङ, खड्गसिंह गुरुङ तथा मौतसिंह गुरुङ सम्मानित हुनुभयो । पत्रकार रोशनी गुरुङ, साहित्यकार तीर्थराज सुवेदी र कलाकार तोलबहादुर गुरुङलाई पनि गाउँपालिकाले पुरस्कृत ग¥यो । त्यसैगरी कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, एसइई २०७५ मा उत्कृष्ट छात्र÷छात्रा, विषयगततर्फ उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने शिक्षक, वडा कार्यालय भवन निर्माणमा जमीन प्रदान गर्ने जग्गादाता, निर्माण व्यवसायी, उपभोक्ता समिति, टोल विकास संस्था, घरबास, पर्यटन व्यवसायी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।
Categorized in राष्ट्रिय