STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ८, बुधबार

८ मंसिर, काठमाडौं - सरकारले सबै विद्यार्थीलाई विद्यालयमै खोप दिने व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका थिए।

छलफलका क्रममा स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप बुक’ भइसकेको जानकारी दिए। मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए ।

Categorized in स्वास्थ्य-मौसम