विद्यार्थीले जलाए त्रिवि पदाधिकारीको पुत्ला
Janjati Khabar – Janjati Khabar | २०७८ पौष ८, बिहिबार
पुस ८, काठमाडौं - त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्वतः स्थायी बनाउन गरेको निर्णयविरुद्ध विद्यार्थीहरूले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनका क्रममा बिहीबार संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका कुलपति, उपकुलपति, सहकुलपति, रेक्टर र रजिस्ट्रारको पुतला दहन गरेका हुन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल (छैटौँ), समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले त्रिवि सभाको निर्णयविरुद्ध आन्दोलन गरिरहेका छन् ।
त्रिवि सभाले १४ मंसिरमा ४ सय ८० जना करार उपप्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णय गरेको थियो । साथै, त्रिविले करारलाई स्थायी बनाएझैँ आंशिकलाई पनि करारमा छिराउने तयारी थालेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् ।
Categorized in राजनीति

