STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थी संगठनद्वारा लुम्बिनी क्याम्पसमा तोडफोड

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २६, मंगलबार

बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् ।

मंगलबार बिहानै २०/२२ वटा मोटरसाइकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले क्याम्पसको प्रशासनिक भवन तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

उनीहरूले क्याम्पसको प्रवेशद्वारसँगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा, परीक्षा शाखालगायतका शाखाहरूमा तोडफोड गरेको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

लेखा शाखा र परिक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरू छरपस्ट पारेर भागेको उनले जानकारी दिए । यसअघि साउनको ८ गते नै लुम्बिनी बाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए ।

विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दबाब दिँदै आन्दोलन गर्दै आएका थिए । क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसको पठनपाठन हुनुपर्ने, एमबीए, बीबीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए ।

Categorized in राजनीति