STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालय बन्द गरेरै जान शिक्षकहरुको आह्वान

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ३, बुधबार

 

कठमाडौं - काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्धको आन्दोलनमा विद्यालय बन्द गरेर जानेमा एक स्वर गरेका छन् ।

बुधबार महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गरेर आन्दोलनमा जाने भनि सुरु गरिएको आन्दोलनप्रति समर्थन जनाउँदै सबै शिक्षक कर्मचारीलाई पनि उक्त आन्दोलनमा सरिक हुन आह्वान गरेका छन् ।

आन्दोलनका कारण विद्यार्थीमा पर्ने गएको शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै बिदाका दिन पनि पठनपाठन गरेर क्षतिपूर्ति दिलाइने विज्ञप्तिमा उल्लेख छ ।

 
Categorized in शिक्षा