STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालय भवन शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

जिल्लाको सबैभन्दा पुरानो विद्यालय भवानी विद्यापीठ मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ । शैक्षिक गुणस्तरको हिसाबले पनि अब्बल मानिएको विद्यालय नमूना विद्यालयको रुपमा अघि बढेको छ । यसैबीच नमूना विद्यालय विकास सुधार गुरुयोजनाअन्तर्गत विद्यालयमा नयाँ भवन निर्माणकार्य शुरु भएको छ । झण्डै रु एक करोडको लागतमा तीनतले नौ कोठाको पक्की भवन निर्माण शुरु भएकोे विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिनुभयो । निर्माणाधीन भवनको फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले शिलान्यास गर्नुभयो । जिल्लाकै पुरानो उक्त विद्यालय नेपाल सरकार शिक्षा मन्त्रालयबाट नमूना विद्यालयको रूपमा छनोट भएको छ ।
Categorized in राष्ट्रिय