STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य जहाँ जान पनि तयार

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २०, बुधबार

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफुलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफुलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहा पठाएपनि आफु तयार रहेको जवाफ दिएको बताउका हुन् ।

उनले आफु इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताए । उनले भने – ‘मलाइ अब अरु कुनै जिम्मेवारीहरु दिन सकिन्छ कि भनेर सोध्नुभएको हो । मैले चाहीँ मेरो आवश्यकता महशुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बि, इन्जिनियरिङमा आफुमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी टेक्निसियनमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाएपनि काम गर्छु ।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भएपनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्ष भन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उनले बताए । अस्पतालहरुलाई बिद्युत नजाने गरी बस्दोबस्त मिलाएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको उनले स्पष्ट पारे। यसविचमा ढल्केबर ४०० केभि सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ति ढल्केवर २२० केभि सञ्चालन गरेको, अपर तामाकोशीको कामलाई अगाडी बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लाहरुमा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत पु¥याएको उनले बताए ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उनले बताए । आगामी दिनमा प्रशारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए । सरकारले प्राधिकरणको कार्यकारी प्रमुखमा हितेन्द्रलार्य हटाएर कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

Categorized in राष्ट्रिय