STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १६, बुधबार

काठमाडौं- पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ। बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन्।

हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा ८, उपत्यकामा १०१, बागमतीमा १०८ र लुम्बिनीमा २ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

बाढीपहिरोबाट मुलुकभर १ हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ।

Categorized in राष्ट्रिय