STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपद् उद्धार सामग्री हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १५, बुधबार

जिल्लामा हुनसक्ने विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको छ । टिडीएचको आर्थिक सहयोगमा स्थानीय संस्था सामुदायिक विकास केन्द्र नेपालले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो । संमितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई संस्थाका अध्यक्ष नारायण नेपालले हस्तान्तरण गर्नुभएको हो । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा संस्थाले रुख काट्ने आरो दुई थान, सावेल पाँच थान, स्टेचर नौ थान, पिक पाँच थान, कोदोलो पाँच थान, आगो नियन्त्रण गर्ने ग्यास सिलिन्डर, ठेलागाडा, इमर्जेन्सी लाइटलगायतको सामग्री प्रदान गरिएको हो । सामग्री बुझेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्ता सामग्री सहयोगमा जिल्लामा विपद्को घटना हुँदा उद्धारका लागि सहज हुने र स्थानीय प्रशासनले यी सामग्रीको आवश्यकता अनुसार प्रयोग र सुरक्षित रुपमा राख्ने बताउनुभयो । विपद् जुनसुकै समयमा आउनसक्ने भएकाले पूर्वतयारीस्वरुप यस्ता सामग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामग्री सहयोग गरिएको सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनुभयो ।
Categorized in राष्ट्रिय