STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विप्लव समूहका नेता ओमप्रकाश पुन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका– ७ बेलीबाट बुधबार कटुवा पेस्तोल सहित उनी पक्राउ परेका हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रिय सदस्य तथा सेती महाकाली व्युरो ईन्चार्ज हुन् । पुनसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो ईन्चार्ज गौरा धामी पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र एक राउण्ड गोली समेत बरामद गरेको छ ।  
Categorized in राजनीति