विभिन्न खाले मुकुण्डोमा सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार
काठमाडौं - कोरोना महामारी र लकडाउनकाे समय सरकारले कर तिर्न ताकेता गरेको विरोधमा बालुवाटारमा मंगलबार बिहान प्रदर्शन भएको छ ।
सरकारको कदमको विरोध गर्दै बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएका १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।
साथै, पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि उनीहरुले विरोध गरेका छन् ।
विभिन्न खाले मुकुण्डो लगाएर समेत उनीहरुले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन् ।
कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर रु लेखेको पप्पलेट बोेकेका छन् ।
विरोध प्रदर्शनस्थलमा प्रहरीले पानीको फोहोरा प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
तस्बिर साैजन्य : दिनेश श्रेष्ठकाे फेसबुक
Categorized in राजनीति