STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वकप क्रिकेट, अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ । 
नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ । 
यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् । 
 
वेस्ट इन्डिजको टिममा जेसन होल्डर कप्तान, क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस हेट्मायर, आन्द्रे रसेल, सीआर ब्राथवाइट, एआर नर्स, एस कटरेल र ओ थोमस रहेका छन् । 
यस्तै, आरोन फिन्चको कप्तानीमा रहेका अस्ट्रेलियाली टोलीमा डेभिड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, एम स्टोनिस, ए क्यारी, एन कोल्टर–नाइल, प्याट क्युमिन्स, मिचेल स्टार्क र ए जाम्पा रहेका छन् । 
 
Categorized in अन्तर्राष्ट्रिय