STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वभरि २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

एजेन्सी - विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो। यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए। हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ।
अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा रहेका छन्। हालसम्म ११ लाख बढी संक्रमित फेला परेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० नाघिसकेको छ। यस्तै पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख भन्दा बढी भइसकेको छ। यसैगरी कोरोनाका कारण विश्वभर ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ। त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय